दफा १८
गैरकानुनी दवाब दिनेलाई सजाय
  ज्यान मार्ने, अपहरण गर्ने, सम्पत्ति हरण गर्ने, इज्जतमा धक्का पु¥याउने, डर, त्रास वा अरू कुनै किसिमको गैरकानुनी दबाबबाट राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिले राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिलाई यो ऐन अन्तर्गत सजाय हुने कसुर गर्न लगाएमा निजलाई कसुरको मात्रा अनुसार चार वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना हुनेछ ।